कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार

कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार : Icon Khabar

काठमाडौं, कार्तिक ७ ।  काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको सकुशल उद्वार भएको छ । प्रहरीले चाल्नाखेलबाट महिलाको उद्वार गरेको हो । उनलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अपहरणमा संलग्न एक जना युवकलाई पक्राउ पनि गरेको छ । एक जना फरार छन् । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको प्रहरीले बताएको छ । घटनाबाट थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा