नेपाल बैंकको नाफामा ३२२.९८ प्रतिशतको उछाल

नेपाल बैंकको नाफामा ३२२.९८ प्रतिशतको उछाल : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । नेपाल बैंक लिमिटेडको नाफामा ३२२.९८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ०.४३ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्ज ४८.६९ प्रतिशतले घटाएको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ६८ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ३.८४ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

बैंकको कर्मचारी खर्च ९४ करोड ८२ लाख र अन्य सञ्चालन खर्च २३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब २६ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २२ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७.९८ गुणा र तरलता अनुपात ३४.४७ प्रतिशत कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 October 2024
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू