नेपाल बैंकको नाफामा ३२२.९८ प्रतिशतको उछाल

नेपाल बैंकको नाफामा ३२२.९८ प्रतिशतको उछाल : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । नेपाल बैंक लिमिटेडको नाफामा ३२२.९८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी भने ०.४३ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

बैंकले इम्पेयरमेन्ट चार्ज ४८.६९ प्रतिशतले घटाएको छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि ६८ करोड ८४ लाख रुपैयाँ छुट्टाएको छ । बैंकको खराब कर्जा अनुपात ३.८४ प्रतिशतबाट बढेर ३.९५ प्रतिशत पुगेको छ ।

बैंकको कर्मचारी खर्च ९४ करोड ८२ लाख र अन्य सञ्चालन खर्च २३ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकको रिटेन्ड अर्निङ १ अर्ब २६ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार भने २२ अर्ब ३८ करोड रुपैयाँबाट बढेर २३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१६.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६४.७१ रुपैयाँ,मूल्य आम्दानी अनुपात १७.९८ गुणा र तरलता अनुपात ३४.४७ प्रतिशत कायम भएको छ ।

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न