पटाका पड्काउदा स्वास्थ्यमा पुग्छ ठुलो क्षति, छालादेखि स्वासप्रश्वासको क्यान्सर समेत हुनसक्छ

पटाका पड्काउदा स्वास्थ्यमा पुग्छ ठुलो क्षति, छालादेखि स्वासप्रश्वासको क्यान्सर समेत हुनसक्छ : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । तिहार नजिकिंदै छ। सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयले पटाका पड्काउन निषेध गरिएतापनि यता कता हाम्रो समाजमा बार पटाका केहि व्यक्तिले पड्काइरहेका हुन्छन् ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने गर्दछ।

मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पुर्‍याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुन्छ। त्यसैले पटाका पड्काउन पाइँदैन भनेर मात्र हुँदैन । त्यसको ओसारपसार र उपभोगमा निरन्तर अनुगमन आवश्यक रहेको हुन्छ।

एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको हुन्छ । त्यसैले वातावरण संरक्षणका हिसाबले मात्र पटाकाजन्य पदार्थमा प्रतिबन्ध लगाउने होइन कि मानव जीवनको रक्षाका खातिर पनि कडाइ गर्नै पर्छ ।

चाडबाडका मुखमा मात्र ध्यान दिने चलन हटाउँदै अलिक अगाडिदेखि नै त्यस्ता वस्तु ओसारपसारमा निरन्तर अनुगमन गर्नुपर्ने आवश्यक छ। मनसुनपछिको स्वच्छ वायुलाई खत्तम पार्ने काम पटाकाले गर्छ । मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने गर्छ।

छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ, खुत्रुक्कै पार्छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ।

पटाकाको अनियन्त्रित र असावधानीयुक्त प्रयोगले बर्सेनि आगलागी बढाउने गरेको छ। त्यसबाट पनि जनधनको क्षति बढ्ने गरेको छ । पटाका पड्काएपछि बाँकी रहेको ठोस पदार्थ वर्षाले बगाउँदै जाँदा त्यसले खेतीसँगै किसानको स्वास्थ्यमा असर गर्छ।

Published Date: 23 October 2024


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर