पटाका पड्काउदा स्वास्थ्यमा पुग्छ ठुलो क्षति, छालादेखि स्वासप्रश्वासको क्यान्सर समेत हुनसक्छ

पटाका पड्काउदा स्वास्थ्यमा पुग्छ ठुलो क्षति, छालादेखि स्वासप्रश्वासको क्यान्सर समेत हुनसक्छ : Icon Khabar

काठमाडौँ, कार्तिक ७ । तिहार नजिकिंदै छ। सबै जिल्लाको जिल्ला प्रशासन कार्यालयले पटाका पड्काउन निषेध गरिएतापनि यता कता हाम्रो समाजमा बार पटाका केहि व्यक्तिले पड्काइरहेका हुन्छन् ।

पटाका पड्काएपछि एकछिन रमाइलो लागे पनि त्यसले दिने असर मानव जीवन र जगत्मा दीर्घकालीन हुने गर्दछ।

मानिस र प्रकृतिका लागि आवश्यक स्वच्छ हावाको गुणस्तर खस्काउने मात्र नभई मानिसको जिउधनमा नै क्षति पुर्‍याउने खालका हानिकारक रसायन पटाकाजन्य पदार्थमा हुन्छ। त्यसैले पटाका पड्काउन पाइँदैन भनेर मात्र हुँदैन । त्यसको ओसारपसार र उपभोगमा निरन्तर अनुगमन आवश्यक रहेको हुन्छ।

एकछिनको रमाइलोमा प्रयोग हुने रसायनले वातावरण क्षयीकरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी क्यान्सरजन्य रोगको प्रभाव बढाइरहेको हुन्छ । त्यसैले वातावरण संरक्षणका हिसाबले मात्र पटाकाजन्य पदार्थमा प्रतिबन्ध लगाउने होइन कि मानव जीवनको रक्षाका खातिर पनि कडाइ गर्नै पर्छ ।

चाडबाडका मुखमा मात्र ध्यान दिने चलन हटाउँदै अलिक अगाडिदेखि नै त्यस्ता वस्तु ओसारपसारमा निरन्तर अनुगमन गर्नुपर्ने आवश्यक छ। मनसुनपछिको स्वच्छ वायुलाई खत्तम पार्ने काम पटाकाले गर्छ । मानव स्वास्थ्यका लागि हानिकारक रसायन हावाको माध्यमबाट मानव शरीरको सम्पर्कमा आएपछि त्यसले क्यान्सरलगायतका रोगको घर बढाउने गर्छ।

छालाको क्यान्सर, स्वासप्रश्वासको क्यान्सर, घाँटीलगायतका क्यान्सर गराउँछ । विभिन्न अध्ययनले दमका रोगीलाई त पटाकाको धुवाँ विष नै हो भन्ने पुष्टि भएको छ, खुत्रुक्कै पार्छ । आँखा पाक्ने रोगको प्रकोप पनि पटाकायुक्त वायुले बढाउँछ।

पटाकाको अनियन्त्रित र असावधानीयुक्त प्रयोगले बर्सेनि आगलागी बढाउने गरेको छ। त्यसबाट पनि जनधनको क्षति बढ्ने गरेको छ । पटाका पड्काएपछि बाँकी रहेको ठोस पदार्थ वर्षाले बगाउँदै जाँदा त्यसले खेतीसँगै किसानको स्वास्थ्यमा असर गर्छ।

Published Date: 23 October 2024
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न