लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ। गएराति चेल्सीलाई हराउँदै लिभरपुर प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

एन्फिल्डमा चेल्सीलाई २-१ गोलले पराजित गर्दा मोहम्मद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे। २९ मिनेटममा लिभरपुलले पाएको पेनाल्टीलाई सालाहले सदूपयोग गरे। दोस्रो हाफको ४८ मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले गोल गर्दा खेल बराबरीमा पुगेको थियो।

५१ मिनेटमा कर्टिस जोन्सले गरेको गोल निर्णायक बन्दा लिभरपुल जारी सिजनमा सातौं जित निकालेको हो। शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। पराजित भएको चेल्सी १४ अंकसहित छैटौं स्थानमा छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० अंक छ। सिटीले गएराति नै वुल्भ्सलाई २-१ गोलले पराजित गरेको थियो।

आर्सनल १७ अंक जोडेर तेस्रो स्थानमा छ। समान अंकसहित एस्टन भिल्ला चौथो स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 October 2024
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न