लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा

लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा : Icon Khabar

काठमाडौँ, कार्तिक ५ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ। गएराति चेल्सीलाई हराउँदै लिभरपुर प्रिमियर लिग अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

एन्फिल्डमा चेल्सीलाई २-१ गोलले पराजित गर्दा मोहम्मद सलाह र कर्टिस जोन्सले एक एक गोल गरे। २९ मिनेटममा लिभरपुलले पाएको पेनाल्टीलाई सालाहले सदूपयोग गरे। दोस्रो हाफको ४८ मिनेटमा चेल्सीका निकोलस ज्याक्सनले गोल गर्दा खेल बराबरीमा पुगेको थियो।

५१ मिनेटमा कर्टिस जोन्सले गरेको गोल निर्णायक बन्दा लिभरपुल जारी सिजनमा सातौं जित निकालेको हो। शीर्ष स्थानको लिभरपुलको २१ अंक छ। पराजित भएको चेल्सी १४ अंकसहित छैटौं स्थानमा छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २० अंक छ। सिटीले गएराति नै वुल्भ्सलाई २-१ गोलले पराजित गरेको थियो।

आर्सनल १७ अंक जोडेर तेस्रो स्थानमा छ। समान अंकसहित एस्टन भिल्ला चौथो स्थानमा छ।

Published Date: 21 October 2024


ताजा
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?
१५० बाँसुरीवादक र १५० कलाकारको सामूहिक नृत्यले गुञ्जियो भक्तपुर दरबार क्षेत्र
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड