सोमबार नेप्से परिसूचक ५७.९९ अंकले घट्यो

सोमबार नेप्से परिसूचक ५७.९९ अंकले घट्यो : Icon Khabar

काठमाडौं, कार्तिक ५ । सोमबार नेप्से परिसूचक ५७.९९ विन्दुले घटेर २६३९.९२ अंकमा आएको छ ।

आज ५ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूहको सूचक घटेका छन् ।

आज ३१९ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

सैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र कुमारी बैंक परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 October 2024
Website | + posts