रवि लामिछानेविरुद्ध आज भएको बहस सकियो, केहीबेरमै म्यादबारे आदेश आउने

रवि लामिछानेविरुद्ध आज भएको बहस सकियो, केहीबेरमै म्यादबारे आदेश आउने : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध म्याद थप गर्ने प्रयोजनका लागि भएको बहस सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा बहस सकिएको हो ।

केहीबेरमै म्यादबारे आदेश आउने अदालत स्रोतले जनाएको छ । प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत म्याद थपका लागि ५ दिनको म्याद लिएको थियो ।

लामिछाने सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका थिए । उनलाई आजै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
अबिरल वर्षाका कारण नेपालका मुख्य सडक र पुलमा मात्रै ७ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति
बिहीबार नेप्से परिसूचक २२.५९ अंकले बढ्यो
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?