रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ । सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका हुन् । रविमाथि अनुसन्धान गर्न प्रहरीले मंगलबारसम्मका लागि म्याद पाउने छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।

उनलाई पनि प्रहरीले मंगलबारसम्मका लागि म्याद थप गरेको छ । अब बुधबार रवि र छविलाई एकसाथ पहिलो पटक अदालत उपस्थित गराइनेछ । रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।  प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ ।

Published Date: 20 October 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न