रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति : Icon Khabar

काठमाडौँ, कार्तिक ४ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको छ । सूचना अधिकारी सुरज अधिकारीकाअनुसार लामिाछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिइएको हो ।

न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका हुन् । रविमाथि अनुसन्धान गर्न प्रहरीले मंगलबारसम्मका लागि म्याद पाउने छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै पक्राउ परेका रविका पूर्व साझेदार छविलाल जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।

उनलाई पनि प्रहरीले मंगलबारसम्मका लागि म्याद थप गरेको छ । अब बुधबार रवि र छविलाई एकसाथ पहिलो पटक अदालत उपस्थित गराइनेछ । रवि पक्राउको विरोधमा रास्वपाका समर्थकहरूले पोखरामा प्रदर्शन जारी राखेका छन् । समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो ।  प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । पोखराको सडकमा समर्थक र प्रहरीको बाक्लो उपस्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts


ताजा
डा. सन्दीप भण्डारी : नेपालको पहिलो रोबोटिक-असिस्टेड घुँडा र हिप रिप्लेसमेन्ट सर्जन
मल्लकालमा भक्तपुरको खानेपानी आपूर्ति गर्नका लागि बनाइएको मुहान पोखरी (फोटो फिचर)
काठमाडौँमा राष्ट्रिय नाटक महोत्सव सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू