मनाङमा लेक लागेर एकजना पर्यटकको मृत्यु

मनाङमा लेक लागेर एकजना पर्यटकको मृत्यु : Icon Khabar
Ìàíàíã

काठमाडौँ, कार्तिक ४ । मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ।

ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए।

राति सकुशल सुतेका उनी बिहान मृत भेटिएपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको प्रहरी निरीक्षक केसीले बताए।

प्रहरीले पर्यटक मृत भेटिएको सूचनापछि प्रहरी पुगेको उनले बताए। त्यस क्षेत्रमा हेलिकप्टरबाट थप १० जना विदेशी २३ जना नेपाली नागरिकको उद्धार गरिएको प्रनि केसीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 October 2024
Website | + posts
ताजा
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू