अष्ट्रेलियाका चर्चित क्रिकेटर फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

अष्ट्रेलियाका चर्चित क्रिकेटर फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास : Icon Khabar

काठमाडौं, माघ २४ । अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। ओपनर एवं कप्तानको रुपमा फिन्चले अष्ट्रेलियालाई पहिलो पटक सन् २०२१ मा टी-२० विश्वकप उपाधि जिताएका थिए। उनले टेस्ट र एकदिवसीय क्रिकेटबाट यसअघि नै बिदा लिएका थिए।

फिन्चले पाँच टेस्ट, एक सय ४६ एकदिवसीय र एक सय तीन वटा टी-२० खेल खेला छन्। उनी टी-२० मा सर्वाधिक कप्तानी गर्ने खेलाडी पनि हुन्। फिन्चले टी-२० मा दुई शतक, १९ अर्धशतकसहित कुल तीन हजार एक सय २० रन बनाएका छन्। उनले सन् २०११ देखि अष्ट्रेलियाबाट खेल्दै आउनुभएको थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि अन्य घरेलु लिगहरु खेल्ने बताएका छन्।

Published Date: 07 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय