काठमाडौं, माघ २४ । अष्ट्रेलियाका चर्चित क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३६ वर्षीय फिन्चले सोमबार राति अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। ओपनर एवं कप्तानको रुपमा फिन्चले अष्ट्रेलियालाई पहिलो पटक सन् २०२१ मा टी-२० विश्वकप उपाधि जिताएका थिए। उनले टेस्ट र एकदिवसीय क्रिकेटबाट यसअघि नै बिदा लिएका थिए।
फिन्चले पाँच टेस्ट, एक सय ४६ एकदिवसीय र एक सय तीन वटा टी-२० खेल खेला छन्। उनी टी-२० मा सर्वाधिक कप्तानी गर्ने खेलाडी पनि हुन्। फिन्चले टी-२० मा दुई शतक, १९ अर्धशतकसहित कुल तीन हजार एक सय २० रन बनाएका छन्। उनले सन् २०११ देखि अष्ट्रेलियाबाट खेल्दै आउनुभएको थियो । उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपनि अन्य घरेलु लिगहरु खेल्ने बताएका छन्।