प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल

प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल : Icon Khabar
फाईल तस्बिर

काठमाडौं, माघ २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको छलफलमा राष्ट्रपतिको निर्वाचन, सरकारको प्रशासन, समसामयिक राजनीति र सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टीको निकासका विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ ।

एक महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । सरकार गठनका क्रममा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच प्रधानमन्त्री पद माओवादी केन्द्रले लिने र राष्ट्रपतिको पद एमालेले लिने सहमति भएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 07 February 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित