पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानको विश्लेषण र अध्ययन पूरा

पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानको विश्लेषण र अध्ययन पूरा : Icon Khabar

काठमाडौं, माघ २४ । पोखरामा दुर्घटनाग्रस्त भएको एटिआर–७२ यति एयरलाइन्सको विमानको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अध्ययन पूरा भएको विमान दुर्घटना अनुसन्धान आयोगले जनाएको छ ।

गत माघ १५ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेर विमानमा सवार सबै ७२ यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो ।

घटनाको छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगले सिङ्गापुरको यातायात सुरक्षा अनुसन्धान ब्यूरोमा उडान डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गरेको छ ।

आयोगका सदस्य–सचिव बुद्धिसागर लामिछानेले आयोगका संयोजक, उड्डयन विज्ञ र सदस्य–सचिवको टोली उडान डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषणको काम सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएको जानकारी दिए ।

सिंगापुरमा एटीआर विमानका विभिन्न सिमुलेटर उडानहरूमा विभिन्न उडान र प्राविधिक पक्षहरूको थप अध्ययन गरिएको थियो।

विश्लेषण र अनुसन्धानका क्रममा दुवै इन्जिनका प्रोपेलरहरू अवतरणको क्रममा बेस खुट्टामा फेदरिङ भएको पाइएको थियो । सदस्य–सचिव लामिछानेले आयोगले प्राविधिक र मानवीय पक्षमा थप अनुसन्धान गरिरहेको बताए ।

अहिलेसम्म प्राप्त सूचना तथा तथ्याङ्कको विश्लेषण र अनुसन्धानका आधारमा हवाई सुरक्षा बढाउन सिफारिससहित प्रारम्भिक प्रतिवेदन ल्याउने तयारी भइरहेको छानबिन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्तिम प्रतिवेदन पछि प्रकाशित हुनेछ ।

Published Date: 07 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा