राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त : Icon Khabar

काठमाडाैं, माघ २४ । राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार देसाईलाई खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले क्यानमा नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेपछि उनलाई नियुक्त गरिएको हो ।

२०१७ मा नेपाली यू-१९ टोलीको ब्याटिङ सल्लाहकार रहेका देसाईको नेपाली क्रिकेट टोलीमा यो तेस्रो संलग्नता हुनेछ। यसअघि उनले २०१४ को आईसीसी टी–२० विश्वकप छनोटमा पनि राष्ट्रिय क्रिकेट टोलीका लागि काम गरेका थिए।

यसअघि देसाई विगत तीन वर्षदेखि वेस्ट इन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा कार्यरत थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीको राष्ट्रिय प्रशिक्षक पदका लागि क्यानले आवेदन आह्वान गरेपछि २४ जनाले आवेदन दिएका थिए ।

देसाईले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका भारतीय सहकर्मी मनोज प्रभाकरको स्थानमा आएका छन्।

नेपाल अहिले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ । नेपाल, स्कटल्यान्ड र नामिबियाको सहभागिता रहेको प्रतियोगिता फागुन १४ गतेदेखि नेपालमा हुँदैछ ।

Published Date: 07 February 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ