राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त : Icon Khabar

काठमाडाैं, माघ २४ । राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाई नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार सोमबार देसाईलाई खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले क्यानमा नियुक्त गर्ने निर्णयलाई अनुमोदन गरेपछि उनलाई नियुक्त गरिएको हो ।

२०१७ मा नेपाली यू-१९ टोलीको ब्याटिङ सल्लाहकार रहेका देसाईको नेपाली क्रिकेट टोलीमा यो तेस्रो संलग्नता हुनेछ। यसअघि उनले २०१४ को आईसीसी टी–२० विश्वकप छनोटमा पनि राष्ट्रिय क्रिकेट टोलीका लागि काम गरेका थिए।

यसअघि देसाई विगत तीन वर्षदेखि वेस्ट इन्डिजमा ब्याटिङ प्रशिक्षकको रुपमा कार्यरत थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीको राष्ट्रिय प्रशिक्षक पदका लागि क्यानले आवेदन आह्वान गरेपछि २४ जनाले आवेदन दिएका थिए ।

देसाईले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका भारतीय सहकर्मी मनोज प्रभाकरको स्थानमा आएका छन्।

नेपाल अहिले आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको तयारीमा छ । नेपाल, स्कटल्यान्ड र नामिबियाको सहभागिता रहेको प्रतियोगिता फागुन १४ गतेदेखि नेपालमा हुँदैछ ।

Published Date: 07 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?