भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न

भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, असोज १८ । विभिन्न पेशाहरूमा समर्पित युवाहरूद्वारा विक्रम सम्वत २०७९ साल श्रावण ३० गते विधिवत रूपमा स्थापित भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

सभामा भक्तपुरका स्थानीय एक सफल उद्यमी सुरेन्द्र जाकीबन्जारले प्रमुख अतिथ्यता ग्रहण गरेका थिए ।संस्थाका संस्थापक अध्यक्ष साजन श्रेष्ठले सभाको अध्यक्षता ग्रहण गरेको सो समारोहमा श्रेष्ठले सानो–सानो लगानी संकलन (Crowd funding concept) गरेर पनि केही उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी गठन भएको बताए।

हाललाई यसको मुख्य लगानी Nepal Share Market / Property Management मा रहेको र भविष्यमा रियल स्टेट लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने बताए।

हालको वर्तमान अवस्थामा विभिन्न फाइनेन्सियल इन्स्टिच्युसनहरूमा आर्थिक समस्या भएको कारण धेरै जस्तो सर्वसाधारणको बचत रकमहरू सहकारी संस्थाहरुले फिर्ता गर्न सकिरहेको छैन र धेरै जस्तो सानोतिन सहकारीहरू बन्द हुने अवस्थामा पुगिसकेका छन्। विभिन्न समूहहरू जस्तै आमा समूह, युवा समूह, गुठी जस्ता समूह गठन गरी सानातिनो रकम संकलन गरी सहकारीमा बचत गर्दै आएका समुहहरूले आफ्नो बचत फिर्ता पाउन नसक्दा समूहका सबै सदस्यहरु विचल्ली भएको अवस्था छ र सबै सदस्य अन्योलमा परेको कुरा उनले बताए।

तसर्थ उनले भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भविष्यमा गर्ने कामको योजन त्यस्ता समूह समूहमा गई आफ्नो योजनाहरू प्रस्तुत गरी लगानी कर्ताहरुको लागि खुल्ला प्लटफर्म प्रस्तुत गर्ने कार्यनितिका साथ वर्तमान संचालक समिति अघि बढ्ने बताए।

Published Date: 04 October 2024
ताजा
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पेट्रोलको मूल्य घटेपछि आज काठमाडौं उपत्यकाका अधिकांश पेट्रोलपम्पमा “पेट्रोल छैन”
भक्तपुर नगरमा भुस्याहा कुकुरको आतंक बढ्दो, राति हिँडडुल गर्न स्थानीय त्रसित
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ३ सय रुपैयाँ निर्धारण


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी