भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न

भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, असोज १८ । विभिन्न पेशाहरूमा समर्पित युवाहरूद्वारा विक्रम सम्वत २०७९ साल श्रावण ३० गते विधिवत रूपमा स्थापित भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी प्राइभेट लिमिटेडको दोस्रो साधारण सभा बिहिबार सम्पन्न भएको छ ।

सभामा भक्तपुरका स्थानीय एक सफल उद्यमी सुरेन्द्र जाकीबन्जारले प्रमुख अतिथ्यता ग्रहण गरेका थिए ।संस्थाका संस्थापक अध्यक्ष साजन श्रेष्ठले सभाको अध्यक्षता ग्रहण गरेको सो समारोहमा श्रेष्ठले सानो–सानो लगानी संकलन (Crowd funding concept) गरेर पनि केही उल्लेखनीय कामहरू गर्न सकिने विश्वासका साथ भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनी गठन भएको बताए।

हाललाई यसको मुख्य लगानी Nepal Share Market / Property Management मा रहेको र भविष्यमा रियल स्टेट लगायत अन्य कम्पनीहरुमा समेत लगानी विस्तार गर्ने बताए।

हालको वर्तमान अवस्थामा विभिन्न फाइनेन्सियल इन्स्टिच्युसनहरूमा आर्थिक समस्या भएको कारण धेरै जस्तो सर्वसाधारणको बचत रकमहरू सहकारी संस्थाहरुले फिर्ता गर्न सकिरहेको छैन र धेरै जस्तो सानोतिन सहकारीहरू बन्द हुने अवस्थामा पुगिसकेका छन्। विभिन्न समूहहरू जस्तै आमा समूह, युवा समूह, गुठी जस्ता समूह गठन गरी सानातिनो रकम संकलन गरी सहकारीमा बचत गर्दै आएका समुहहरूले आफ्नो बचत फिर्ता पाउन नसक्दा समूहका सबै सदस्यहरु विचल्ली भएको अवस्था छ र सबै सदस्य अन्योलमा परेको कुरा उनले बताए।

तसर्थ उनले भाइब्स म्यानेजमेन्ट एण्ड इन्भेस्टमेन्ट कम्पनीले भविष्यमा गर्ने कामको योजन त्यस्ता समूह समूहमा गई आफ्नो योजनाहरू प्रस्तुत गरी लगानी कर्ताहरुको लागि खुल्ला प्लटफर्म प्रस्तुत गर्ने कार्यनितिका साथ वर्तमान संचालक समिति अघि बढ्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2024
Website | + posts








ताजा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा
भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न
भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने
अमेरिकामा हेलेन आँधीका कारण २१० जनाभन्दा बढीको मृत्यु








ट्रेन्डिङ
ललितपुरमा विद्यार्थी बोकेर गुडिरहेको माइक्रोमाथि बजारियो बिजुलीको पोल
भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्
भोटेकोशीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव सुनकोशीमा फेला
त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने