प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा : Icon Khabar

काठमाडौं, असोज १८ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज (शुक्रबार) एकै दिन तीन करोड भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।

कोषमा कृषि विकास बैंकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बिवाइडी) कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण भएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरुको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट पनि सहयोगको क्रम जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 October 2024
Website | + posts








ताजा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन साढे तीन करोड जम्मा
भाइब्स म्यानेजमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीको दोस्रो साधारण सभा सम्पन्न
भक्तपुरमा असोज २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाइने
अमेरिकामा हेलेन आँधीका कारण २१० जनाभन्दा बढीको मृत्यु








ट्रेन्डिङ
ललितपुरमा विद्यार्थी बोकेर गुडिरहेको माइक्रोमाथि बजारियो बिजुलीको पोल
भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्
भोटेकोशीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव सुनकोशीमा फेला
त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने