ख्वप विश्वविद्यालयका लागि जग्गाको माग भएपछी सल्लाघारीमा निरीक्षणका लागि आए भूमि व्यवस्था मन्त्री अधिकारी

ख्वप विश्वविद्यालयका लागि जग्गाको माग भएपछी सल्लाघारीमा निरीक्षणका लागि आए भूमि व्यवस्था मन्त्री अधिकारी : Icon Khabar

भक्तपुर, असोज १ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गाको आज स्थलगत निरीक्षण गरेका छन्।

भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय संचालनको लागि उक्त जग्गा माग गरेपछि त्यसको वस्तुस्थिति बुझ्न मन्त्री अधिकारी भक्तपुर आएका हुन्।

सोही क्रममा मन्त्री अधिकारीले नेपाल ट्रष्टको स्वामित्वमा रहेका जग्गाहरु संरक्षणका क्रममा देशभर रहेका जग्गाहरुको खोजी कार्य गर्दै त्यसको संरक्षण कार्य सुरु गरिएको बताए।

उनले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेको कार्य प्रशंसनीय छ भन्नुभयो । विश्वविद्यालय सञ्चालनको लागि १०८ रोपनी जग्गा उपभोग गर्न दिने विषयमा आफू सकारात्मक रहेको पनि सो अवसरमा बताए।

निरीक्षणकै क्रममा उनले जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापनको विषयमा नेपाल ट्रष्ट र भक्तपुर नपाबीच आपसी समन्वय, सहकार्य र छलफल गरी अगाडि बढ्न सकिने बताउँदै ट्रष्टको जग्गा अतिक्रमण हुनबाट रोक्न जरुरी रहेको बताए।

जग्गा सदुपयोग गर्ने भन्नेबारे बृहत छलफल गरेर अगाडि बढ्न सकिने धारणा राख्दै ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृतिको लागि सरकारले ढिलाइ गर्न नहुने धारणा राखे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2024
Website | + posts