भारतको सेयर बजार नयाँ हाई विन्दुमा

भारतको सेयर बजार नयाँ हाई विन्दुमा : Icon Khabar

काठमाडौं, असोज १ । भारतको सेयर बजार मंगलबार नयाँ हाई विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दै गर्दा (२ बजेर ५२ मिनेटमा) ‘बीएसई सेन्सेक्स’ सूचकांक ८३ हजार १३० विन्दुमा पुगेको छ । यता, ‘निफ्टी-५०’ २५ हजार ४२५ विन्दुमा कारोबार हुँदैछ ।

यो हालसम्मकै उच्च विन्दु हो । पछिल्लो दिन भारतको सेयर बजारले नयाँ हाई बनाउँदै बढेको छ । बीएसई सेन्सेक्स इन्डेक्स १ वर्षमा करिब २३ प्रतिशत बढेको छ । यता, निफ्टी-५० भने २६ प्रतिशत बढेको छ ।

भारतीय बजारले आफ्नो उकालो यात्रा जारी राख्नुको कारण विदेशी संस्थागत लगानीकर्ताले (एफआइआइ) खरिद बढाउनु पनि रहेको ‘द हिन्दु’ ले जनाएको छ । ‘विदेशी पुँजी प्रवाह र देशको आर्थिक वृद्धिमा स्थिरताको अपेक्षाले लगानीकर्ता माझ सकारात्मक माहोल बनेको हुन सक्छ,’ जियोजिट फाइनान्सियल सर्भिसेजका अनुसन्धान प्रमुख विनोद नायरले भने ।

Published Date: 17 September 2024


ताजा
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
आज बुधबारको राशिफल
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली