भारतको सेयर बजार नयाँ हाई विन्दुमा

भारतको सेयर बजार नयाँ हाई विन्दुमा : Icon Khabar

काठमाडौं, असोज १ । भारतको सेयर बजार मंगलबार नयाँ हाई विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दै गर्दा (२ बजेर ५२ मिनेटमा) ‘बीएसई सेन्सेक्स’ सूचकांक ८३ हजार १३० विन्दुमा पुगेको छ । यता, ‘निफ्टी-५०’ २५ हजार ४२५ विन्दुमा कारोबार हुँदैछ ।

यो हालसम्मकै उच्च विन्दु हो । पछिल्लो दिन भारतको सेयर बजारले नयाँ हाई बनाउँदै बढेको छ । बीएसई सेन्सेक्स इन्डेक्स १ वर्षमा करिब २३ प्रतिशत बढेको छ । यता, निफ्टी-५० भने २६ प्रतिशत बढेको छ ।

भारतीय बजारले आफ्नो उकालो यात्रा जारी राख्नुको कारण विदेशी संस्थागत लगानीकर्ताले (एफआइआइ) खरिद बढाउनु पनि रहेको ‘द हिन्दु’ ले जनाएको छ । ‘विदेशी पुँजी प्रवाह र देशको आर्थिक वृद्धिमा स्थिरताको अपेक्षाले लगानीकर्ता माझ सकारात्मक माहोल बनेको हुन सक्छ,’ जियोजिट फाइनान्सियल सर्भिसेजका अनुसन्धान प्रमुख विनोद नायरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 September 2024






ताजा
कुलमान घिसिङको राजीनामापछि अलपत्र बनेको भक्तपुर–अरनिको राजमार्ग विस्तार
राष्ट्रिय परिचयपत्रको नाममा हैरानी: कति पटक आवेदन दिनुपर्ने?
कमलविनायक सडक दुर्घटनापछि उठ्यो प्रश्नः भक्तपुरमा ट्राफिक लाइट, जेब्रा क्रसिङ र सडक सुरक्षाको पूर्ण अभाव
च्याम्पियन्स लिग : प्रिमियर लिगका पाँच क्लब सोझै अन्तिम १६ मा, न्युकासलले प्लेअफ खेल्ने


ट्रेन्डिङ
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
प्रतिनिधि सभा निर्वाचन २०८२: भक्तपुर–१ बाट को संसद पुग्ला? (उम्मेदवार सूचीसहित)
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध
किकम्पा मन्टेश्वरी प्रि–स्कूलको ८औँ स्थापना दिवसमा स्वास्थ्य शिविर सम्पन्न