इन्द्रजात्रामय बन्यो राजधानी सहर काठमाडौँ

इन्द्रजात्रामय बन्यो राजधानी सहर काठमाडौँ : Icon Khabar
तस्बिर: गोरखापत्र

काठमाडाैँ, असाेज १ । आज इन्द्रजात्रा (येँया) को मुख्य दिन हो ।

नेपालमा इन्द्रजात्राको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व रहेको छ । काठमाडौँ उपत्यकामा विशेष रूपमा मनाइने यो जात्रा इन्द्र देवताको सम्मानमा आयोजना गरिन्छ जो हिन्दु धर्ममा वर्षा र सम्पूर्ण सृष्टिका देवताको रूपमा पुजिन्छ ।

इन्द्रजात्रा नेवार समुदायको मुख्य पर्वहरूमध्ये एक हो, तर यसमा सबै समुदायको सहभागिता रहन्छ।

इन्द्रजात्रा खासगरी काठमाडौँको हनुमानढोकामा आठ दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन यःसिं (लिङ्गो) ठड्याउने प्रचलन छ, जसलाई इन्द्रको प्रतीक मानिन्छ । यस जात्रामा (कुमारी यात्रा) विशेष आकर्षण हो, जहाँ जीवित देवी कुमारीको रथयात्रा गरिन्छ ।

जात्राका अवसरमा लाखे नाच, दश अवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाच लगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।

Published Date: 17 September 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड