नेइएको कार्यकारिणी समितिको निर्वाचन: इन्जिनियर समाजबाट पाँच जना महिलाको उम्मेदवारी

नेइएको कार्यकारिणी समितिको निर्वाचन: इन्जिनियर समाजबाट पाँच जना महिलाको उम्मेदवारी : Icon Khabar

काठमाडौँ, भदौ २१ । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३४ औं कार्यकारिणी समितिको निर्वाचन आगामी भदौ २८ गते शुक्रबार हुँदै छ ।

नेइएको कार्यकारिणी समितिका लागि अध्यक्षसहित सबै पदमा ११३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये अध्यक्ष पदमा लागि ६ जना, उपाध्यक्ष पदका लागि ७, महासचिव पदका लागि ६, उप-महासचिवका लागि ७, कोषाध्यक्षका लागि ७, सह-कोषाध्यक्षका लागि ७ जना र १२ सदस्यका लागि ७३ जना चुनावी मैदानमा छन् ।

११३ जना उम्मेदवारहरूमा महिला संख्या मात्र १२ रहेको छ । त्यसमा पनि अध्यक्ष र उपमहासचिव पदका लागि महिलालाई उम्मेदवारका रूपमा कुनै पनि प्यानलले सहभागी गराइएका छैनन् । साथै उपाध्यक्षमा एक, महासचिवमा एक, कोषाध्यक्ष पदमा दुई जना, सहकोषाध्यक्ष पदमा एक र सदस्य पदका लागि सात जना महिला इन्जिनियरको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट नेइए केन्द्रको प्यानलमा मात्र एक जना महिलालाई स्थान दिएको छ । सिडेनबाट आर्किटेक्ट प्रियकां गुप्ता सदस्यको उम्मेदवार छिन् ।

नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) बाट केन्द्रमा ३ जना महिला उम्मेदवार छन् । पदाधिकारीमा कोषाध्यक्षको उम्मेदवार ई.बिन्दु पौडेल र सदस्यमा ई.राधा ढकाल र आ.एलिसा गौतम रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (नियोन) मा महिला सहभागिता शून्य रहेको छ ।

एकीकृत समाजवादीको समाजवादी इन्जिनियरिङ नेपाल (सीन) मा एक जना महिलाको सहभागिता रहेको छ । सीनबाट उपाध्यक्षको पदमा ई. कृष्णा जिसी उम्मेदवार छिन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को इन्जिनियर समाज नेपालबाट सबैभन्दा धेरै पाँच जना महिलाको सहभागिता रहेको छ । महाचिवमा ईं. डा. अनिता प्रजापति, कोषाध्यक्षमा ई.सुस्मिता थापा सदस्यहरुमा आ. प्रमिलिा शिल्पकार, आ. रबिता शिल्पकार र आ. सुशम्ना श्रेष्ठ रहेका छन् ।

त्यस्तै केही पदमा मात्र उम्मेदवारी दिएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स एशोसिएसनले ई. सजिना कार्कीलाई सह-कोषाध्यक्ष र ई.सविता महतलाई सदस्य पदमा उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2024
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?