नेइएको कार्यकारिणी समितिको निर्वाचन: इन्जिनियर समाजबाट पाँच जना महिलाको उम्मेदवारी

नेइएको कार्यकारिणी समितिको निर्वाचन: इन्जिनियर समाजबाट पाँच जना महिलाको उम्मेदवारी : Icon Khabar

काठमाडौँ, भदौ २१ । नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३४ औं कार्यकारिणी समितिको निर्वाचन आगामी भदौ २८ गते शुक्रबार हुँदै छ ।

नेइएको कार्यकारिणी समितिका लागि अध्यक्षसहित सबै पदमा ११३ जनाको उम्मेदवारी परेको छ । जसमध्ये अध्यक्ष पदमा लागि ६ जना, उपाध्यक्ष पदका लागि ७, महासचिव पदका लागि ६, उप-महासचिवका लागि ७, कोषाध्यक्षका लागि ७, सह-कोषाध्यक्षका लागि ७ जना र १२ सदस्यका लागि ७३ जना चुनावी मैदानमा छन् ।

११३ जना उम्मेदवारहरूमा महिला संख्या मात्र १२ रहेको छ । त्यसमा पनि अध्यक्ष र उपमहासचिव पदका लागि महिलालाई उम्मेदवारका रूपमा कुनै पनि प्यानलले सहभागी गराइएका छैनन् । साथै उपाध्यक्षमा एक, महासचिवमा एक, कोषाध्यक्ष पदमा दुई जना, सहकोषाध्यक्ष पदमा एक र सदस्य पदका लागि सात जना महिला इन्जिनियरको उम्मेदवारी परेको छ ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) बाट नेइए केन्द्रको प्यानलमा मात्र एक जना महिलालाई स्थान दिएको छ । सिडेनबाट आर्किटेक्ट प्रियकां गुप्ता सदस्यको उम्मेदवार छिन् ।

नेकपा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पीन) बाट केन्द्रमा ३ जना महिला उम्मेदवार छन् । पदाधिकारीमा कोषाध्यक्षको उम्मेदवार ई.बिन्दु पौडेल र सदस्यमा ई.राधा ढकाल र आ.एलिसा गौतम रहेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (नियोन) मा महिला सहभागिता शून्य रहेको छ ।

एकीकृत समाजवादीको समाजवादी इन्जिनियरिङ नेपाल (सीन) मा एक जना महिलाको सहभागिता रहेको छ । सीनबाट उपाध्यक्षको पदमा ई. कृष्णा जिसी उम्मेदवार छिन् ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को इन्जिनियर समाज नेपालबाट सबैभन्दा धेरै पाँच जना महिलाको सहभागिता रहेको छ । महाचिवमा ईं. डा. अनिता प्रजापति, कोषाध्यक्षमा ई.सुस्मिता थापा सदस्यहरुमा आ. प्रमिलिा शिल्पकार, आ. रबिता शिल्पकार र आ. सुशम्ना श्रेष्ठ रहेका छन् ।

त्यस्तै केही पदमा मात्र उम्मेदवारी दिएको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स एशोसिएसनले ई. सजिना कार्कीलाई सह-कोषाध्यक्ष र ई.सविता महतलाई सदस्य पदमा उठाएको छ ।

Published Date: 06 September 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न