अक्स्फोर्डमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

अक्स्फोर्डमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न : Icon Khabar

भक्तपुर, भदौ २१ । भक्तपुर सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा हरितालिका तीज पर्व विशेष नृत्य प्रतियोगिताको “रेड डे स्पेसल कार्यक्रम” सम्पन्न भएको छ।

कक्षा ८ का विद्यार्थीहरु सुशाना पुरी र युनिक तामाङद्वारा उद्घोषण गरिएको गत बिहीबारको उक्त कार्यक्रममा विद्यार्थिहरुको सर्बाङ्गिण विकास गराउने विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाजसँग सम्बन्धित मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका लागि नृत्य प्रतियोगिता आयोजना गरिएको हो।

विभिन्न कक्षाका १६ जना विद्यार्थीहरु सहभागी भएको अडिशन राउण्डबाट चुनिएका ८ जना उत्कृष्ठ प्रतियोगीहरु बीच भएको उक्त प्रतियोगितामा कक्षा ६ की छात्रा श्रेया थापा प्रथम, कक्षा ७ की डालीशा महत दोस्रा भएका थिए। त्यस्तै कक्षा ७ कै छात्रा अभिश्री श्रेष्ठ र कक्षा ६ की सुज्यान खड्का क्रमश: तेस्रो र चौथो भएका थिए।

निर्णायकद्वेय पूर्णिमा श्रेष्ठ र कविराज भुजेलको निर्णयमा छानिएका सर्वोत्कृष्ठ विजेताहरुलाई ट्रफी, मेडल तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
यसै “रेड डे विशेष कार्यक्रम” मा विद्यार्थीहरु विभिन्न जातजातिका भेषभुषाको पहिरनमा सजिएर कार्यक्रममा सहभागी भएका थिए।

रातो रङ विशेष पहिरनमा प्रस्तुत भएका विद्यार्थीहरुमध्ये सिनियर तर्फबाट कक्षा ८ की छात्रा सुशाना पूरी र जूनियर तर्फबाट कक्षा ५ का छात्र मिगिन रानाभाटलाई “बेस्ट कस्टम एण्ड कल्चर” को अवार्डद्वारा सम्मानित गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो। साथै यस अघि विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी भएका विभिन्न विद्यार्थीहरुलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो।

स्कुलका प्रिन्सिपल रवि दुवालले देशको मौलिक कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस विद्यालयले गरेको यस किसिमको सांस्कृतिक आयोजना अनुकरणीय एवं प्रशंसनीय रहेको बताए। उनले विद्यार्थीवर्गलाई उनीहरूको रुचि र खुबी पहिचान गरी अवसर प्रदान गरिएमा हरेक विधामा उत्कृष्ट नतिजा ल्याउन सकिने अनुभव सुनाए।

अक्स्फोर्ड प्राक्टिकल स्कूलले तीजको अवसर पारेर हरेक वर्ष नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 September 2024
Website | + posts