अस्ट्रेलियामा आँधीका कारण ठूलो क्षति, एकजनाको मृत्यु

अस्ट्रेलियामा आँधीका कारण ठूलो क्षति, एकजनाको मृत्यु : Icon Khabar

क्यानबेरा, भदाै १७ । अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतविहीन भएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ । शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएकाे छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।

Published Date: 02 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग