अस्ट्रेलियामा आँधीका कारण ठूलो क्षति, एकजनाको मृत्यु

अस्ट्रेलियामा आँधीका कारण ठूलो क्षति, एकजनाको मृत्यु : Icon Khabar

क्यानबेरा, भदाै १७ । अस्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु भएको छ । दशौं हजार अस्ट्रेलियालीहरू शक्तिशाली विद्युतविहीन भएका छन् ।

अस्ट्रेलियाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य न्युसाउथ वेल्सका अधिकारीहरूले सोमवार बिहान रूख भाँचिएर लाग्दा एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन् ।

अर्का एक जना सामान्य घाइते भएका छन् र नजिकैको अस्पतालमा लगिएको छ । शक्तिशाली बतास र भारी वर्षाले दक्षिणपूर्वी अस्ट्रेलियामा ठूलो क्षति पुर्‍याएकाे छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य भिक्टोरियामा सोमवार बिहान ८ बजेसम्म १ लाख ४० हजारभन्दा बढी मानिस विद्युतविहीन थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2024
Website | + posts




ताजा
यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने
निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु
सुनको भाउ प्रतितोला साढे २ लाख नाघ्यो
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित