नेपालमा भित्रिए आठ महिना अवधिभरमा ७२ हजार ७१९ जना पर्यटक

नेपालमा भित्रिए आठ महिना अवधिभरमा ७२ हजार ७१९ जना पर्यटक : Icon Khabar

काठमाडौं, भदौ १७ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को आठौं महिना (अगष्ट) मा ७२ हजार ७१९ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ८.२९ प्रतिशतले धेरै हो । यसअघि सन् २०२३ को अगष्टमा ६७ हजार १५३ जना पर्यटक भित्रिएका थिए ।

अगष्टमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । सो अवधिमा भारतबाट सबैभन्दा धेरै २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट ६ हजार ११४, अमेरिकाबाट ५ हजार ६१४ र श्रीलंकबाट ४ हजार ८५१ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ र अप्रीलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका थिए । यस्तै मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

Published Date: 02 September 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग