नेपालमा भित्रिए आठ महिना अवधिभरमा ७२ हजार ७१९ जना पर्यटक

नेपालमा भित्रिए आठ महिना अवधिभरमा ७२ हजार ७१९ जना पर्यटक : Icon Khabar

काठमाडौं, भदौ १७ । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को आठौं महिना (अगष्ट) मा ७२ हजार ७१९ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा ८.२९ प्रतिशतले धेरै हो । यसअघि सन् २०२३ को अगष्टमा ६७ हजार १५३ जना पर्यटक भित्रिएका थिए ।

अगष्टमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । सो अवधिमा भारतबाट सबैभन्दा धेरै २५ हजार ८३२ पर्यटक नेपाल आएका छन् । यस्तै, चीनबाट ६ हजार ११४, अमेरिकाबाट ५ हजार ६१४ र श्रीलंकबाट ४ हजार ८५१ जना पर्यटक नेपाल आएका छन् ।

यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७ र अप्रीलमा १ लाख ११ हजार ३७६ पर्यटक नेपाल आएका थिए । यस्तै मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को ८ महिनामा ७ लाख २० हजार ३३४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2024
Website | + posts




ताजा
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन: प्रधानमन्त्री कार्की


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित