नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्याइनुपर्छ: पूर्वप्रधानमन्त्री दाहाल

नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्याइनुपर्छ: पूर्वप्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विद्युत प्राधिकरणमाथि सरकारले चालेको कदम तत्काल सच्चिनुपर्ने बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले अहंकार, इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वमाथि निशाना साँधेको जिकिर गर्दै त्यसबाट सरकारले रोकिनुपर्ने बताए ।

सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेको आरोप लगाउँदै अध्यक्ष दाहालले विद्युत प्राधिकरणमा गर्न खोजिएको कामलाई तत्काल रोक्नुपर्ने बताए । उनले भूटानी शरणार्थी काण्डमा छानविन गरिरहेको इमान्दार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्ति समेत जनाए ।

अध्यक्ष दाहाल भन्छन्- ‘हामी यही खवरदारी सडकमा लिएर जानेछौं । सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन् । जनतासँग क्षमा याचनासहित सच्याउनुहोस् । विद्युत प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ । रोक्नुस् । भूटानी शरणार्थी काण्डलाई जता पुर्याउन, इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ । त्यो नगर्नुहोस् । विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ । रोक्नुहोस् । गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारमा सुध्रिनुहोस् ।’

अध्यक्ष दाहालले गिरिबन्धुमा गरिएको नीतिगत भ्रष्टाचार नदोहोर्याउन र त्रिभुवन विश्वविद्यालयको मेरिटोक्रेसी नमिच्न पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2024
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता