मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घट्यो

मंगलबार नेप्से परिसूचक १११.९६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, भदौ ११ । नेप्से आज १११.९६ विन्दुले घटेर २७८२.६० अंकमा आएको छ । बजार फराकिलो अंकले घटेपछि नेप्से सूचक पुनः २७ सयको लाइनमा झरेको छ । कारोबार रकम भने औसतमा राम्रो छ ।

आज १८ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । होटेल तथा पर्यटनबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् ।

आज ३३० कम्पनीको ४ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ४२ लाखभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र अरुण भ्याली हाइड्रोपावर परेका छन् ।

Published Date: 27 August 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु