बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की : Icon Khabar

मुम्बई, भदौ ११ । बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की दिइएको छ । उक्त धम्की कंगनालाई उनको फिल्म इमर्जेन्सीको ट्रेलर सामाजिक सञ्जालमा रिलिज भएपछि दिइएको हो ।

विक्की थमस सिंह, जो एक ईसाई हन्, उनले एउटा भिडियो जारी गर्दै कंगनालाई खुलेआम ज्यान मार्ने धम्कि दिँदैं भनेका छन्
– ‘यदि फिल्ममा मारिएका खालिस्तानी नायक जर्र्नेल सिंह भिन्डरावालेलाई आतंकवादीको रुपमा देखाइयो भने सम्झनुहोस् इन्दिरा गान्धीसंग के भएको थियो ? जसको फिल्म तपाईँ बनाउँदै हुनुहुन्छ । सतवन्त सिंह र बेअंत सिंह को थिए ? हामी सन्तजीका लागि आफ्नो शीर अर्पित गर्नेछौँ र जसले शीर अर्पित गर्न सक्छ, उसले शीर काट्न पनि सक्छ ।’

योसंगै सिख संगठनले कंगनाको फिल्म इमर्जेन्सीलाई प्रतिवन्ध लगाउन पनि माग गरेको छ । संगठनका अनुसार फिल्ममा सिख कम्यूनिटीलाई ब्याड लाइट्समा देखाउने कोशिश गरिएको छ । यद्यपि फिल्म सेप्टेम्बर ६ मा रिलिज हुनु पर्नेमा अहिलेसम्म यसको ट्रेलर मात्र रिलिज गरिएको छ ।

कंगनाको सिख समुदायसंग चलिरहेको यो विवाद पुरानो हो । एकातिर कंगनाको प्रदर्शनको तयारीमा रहेको फिल्मले कट्टरपन्थी सिख संगठनलाई आक्रोश उत्पन्न गराएको छ भने २०२१ मा किसान आन्दोलनको क्रममा भएको दुई अपराधिक घटना उजागर गर्ने किसिमको कंगनाको अभिव्यक्तिले किसान यूनियन नेताहरु उनीसँग रिसाएका थिए ।

भर्खरै पनि कंगनाले दिएको अन्तर्वार्तामा भारतका पूर्व प्रधानमन्त्री रहेकी इन्दिरा गान्धीको अलगाववादी र खालिस्तानिहरुविरुद्ध लिएको एक्शनलाई पनि सही ठहराएकी छिन् । यो कुराले पनि कंगनाका लागि समस्या उत्पन्न गराउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2024
Website | + posts










ताजा
अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर अधिकारीलाई राजदूतद्वारा बिदाई
स्पेन प्रकरण: असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न सीआईबीले बनायो समिति
चीनको अर्थतन्त्र अपेक्षाभन्दा धेरैले बढ्यो
पहिरोले बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला