बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की : Icon Khabar

मुम्बई, भदौ ११ । बलिउड अभिनेत्री कंगना रनौतलाई ज्यान मार्ने धम्की दिइएको छ । उक्त धम्की कंगनालाई उनको फिल्म इमर्जेन्सीको ट्रेलर सामाजिक सञ्जालमा रिलिज भएपछि दिइएको हो ।

विक्की थमस सिंह, जो एक ईसाई हन्, उनले एउटा भिडियो जारी गर्दै कंगनालाई खुलेआम ज्यान मार्ने धम्कि दिँदैं भनेका छन्
– ‘यदि फिल्ममा मारिएका खालिस्तानी नायक जर्र्नेल सिंह भिन्डरावालेलाई आतंकवादीको रुपमा देखाइयो भने सम्झनुहोस् इन्दिरा गान्धीसंग के भएको थियो ? जसको फिल्म तपाईँ बनाउँदै हुनुहुन्छ । सतवन्त सिंह र बेअंत सिंह को थिए ? हामी सन्तजीका लागि आफ्नो शीर अर्पित गर्नेछौँ र जसले शीर अर्पित गर्न सक्छ, उसले शीर काट्न पनि सक्छ ।’

योसंगै सिख संगठनले कंगनाको फिल्म इमर्जेन्सीलाई प्रतिवन्ध लगाउन पनि माग गरेको छ । संगठनका अनुसार फिल्ममा सिख कम्यूनिटीलाई ब्याड लाइट्समा देखाउने कोशिश गरिएको छ । यद्यपि फिल्म सेप्टेम्बर ६ मा रिलिज हुनु पर्नेमा अहिलेसम्म यसको ट्रेलर मात्र रिलिज गरिएको छ ।

कंगनाको सिख समुदायसंग चलिरहेको यो विवाद पुरानो हो । एकातिर कंगनाको प्रदर्शनको तयारीमा रहेको फिल्मले कट्टरपन्थी सिख संगठनलाई आक्रोश उत्पन्न गराएको छ भने २०२१ मा किसान आन्दोलनको क्रममा भएको दुई अपराधिक घटना उजागर गर्ने किसिमको कंगनाको अभिव्यक्तिले किसान यूनियन नेताहरु उनीसँग रिसाएका थिए ।

भर्खरै पनि कंगनाले दिएको अन्तर्वार्तामा भारतका पूर्व प्रधानमन्त्री रहेकी इन्दिरा गान्धीको अलगाववादी र खालिस्तानिहरुविरुद्ध लिएको एक्शनलाई पनि सही ठहराएकी छिन् । यो कुराले पनि कंगनाका लागि समस्या उत्पन्न गराउने भएको छ ।

Published Date: 27 August 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु