काठमाडौँ, भदौ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ओमानका विदेशमन्त्री सैयद बदर बिन हमाद बिन हमूद अल्बुसैदीले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीसँग मङ्गलबार दिउँसो प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदबारमा ओमानका विदेशमन्त्री अल्बुसैदीले शिष्टाचार भेट गर्नुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणका लागि ओमानका विदेशमन्त्री अल्बुसैदी सोमबार अपराह्न काठमाडौँ आएका हुन्।
Published Date: 27 August 2024