अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि संचालनमा

अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि संचालनमा : Icon Khabar

बागमती, भदौ ११ । पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि संचालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो ।

यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार सडकखण्ड समेत पहिरोका कारण अवरुद्ध भएको थियो । अहिले उक्त सडकसमेत सञ्चालनमा आएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो । – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 August 2024
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित