ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा चार जना पक्राउ

ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा चार जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १० । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।

पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई महालक्ष्मी–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबा आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

Published Date: 26 August 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड