ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा चार जना पक्राउ

ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा चार जना पक्राउ : Icon Khabar

काठमाडौं, भदौ १० । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।

पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई महालक्ष्मी–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबा आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने