पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने : Icon Khabar

तनहुँ, भदौ १० । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।

बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले तत्काल सडक नखुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको क्रेन मगाएर बस निकाल्न लागिएको उनले जानकारी दिए । दिउँसो १२ बजेसम्ममा काम पुरा गर्ने योजना रहेकोमा बुम भाँचिएपछि सम्भव नभएको पौडेले जानकारी दिए ।

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मस्र्याङदी नदीबाट निकाल्लको लागि यातयात बन्द गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टादेखि पाँच घण्टा समयमा निकाल्ने योजना थियो ।

दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधानहरु पूर्णरुपमा बन्द गरिएको हो ।

ऐनापहरा भारतीय पर्यटक रहेको बस मस्र्याङदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गरि सोमबार विहान ६ः३० बजेबाट १० बजे सम्म गरी साढे तीन घण्टा यातयात बन्द हुने सूचना जारी गरेको थियो । तर १० बजेपछि पनि सडक नखुल्दा यात्रु समस्यामा परेका हुन् । – गोरखापत्र

Published Date: 26 August 2024


ताजा
मंगलबार नेप्से परिसूचक ५.३० अंकले घट्यो
देशभर मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
आज मंगलबारको राशिफल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली