पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने : Icon Khabar

तनहुँ, भदौ १० । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।

बस निकाल्न प्रयोग गरिएको क्रेनको बुम भाँचिएकोले तत्काल सडक नखुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको क्रेन मगाएर बस निकाल्न लागिएको उनले जानकारी दिए । दिउँसो १२ बजेसम्ममा काम पुरा गर्ने योजना रहेकोमा बुम भाँचिएपछि सम्भव नभएको पौडेले जानकारी दिए ।

तनहुँको आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुबाहक बस मस्र्याङदी नदीबाट निकाल्लको लागि यातयात बन्द गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ७ः४५ बजेबाट निकाल्न लागिएको र चार घण्टादेखि पाँच घण्टा समयमा निकाल्ने योजना थियो ।

दुर्घटनाग्रस्त सवारीसाधन निकाल्नको लागि ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधानहरु पूर्णरुपमा बन्द गरिएको हो ।

ऐनापहरा भारतीय पर्यटक रहेको बस मस्र्याङदीमा खस्दा २७ जनाको मृत्यु हुनुका साथै १६ जना सख्त घाइते भएका थिए । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सूचना जारी गरि सोमबार विहान ६ः३० बजेबाट १० बजे सम्म गरी साढे तीन घण्टा यातयात बन्द हुने सूचना जारी गरेको थियो । तर १० बजेपछि पनि सडक नखुल्दा यात्रु समस्यामा परेका हुन् । – गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Published Date: 26 August 2024
Website | + posts




ताजा
बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न दिने यसरी भयो सहमति
प्रधानमन्त्री कार्कीसँगै सातै प्रदेशका मुख्यमन्त्रीको बैठक बालुवाटारमा जारी
आइतबार नेप्से परिसूचक ३०.७५ अंकले बढ्यो
आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै छुट्टी हुने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने