बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा थन्क्याए ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा थन्क्याए ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ : Icon Khabar

काठमाडौं, भदौ १० । बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैंकमा थन्क्याएका छन्। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन्।

केन्द्रीय बैंकको तथ्यांक अनुसार १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा प्रयोग गरी केन्द्रीय बैंकमा राखेका छन् भने १ खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले खिचेर राखेको छ।

आइतबार मात्रै बैंकहरुले १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गरेका हुन । केन्द्रीय बैंकले साताको ३ दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रदान गर्छ ।

रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढिरहेको छ । निक्षेप बढेको भए पनि कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिको हो । बैंकहरुमा अधिक तरलता रहेकाले सो व्यवस्थापनका लागि राष्ट्र बैंकमा उक्त रकम थन्काएका हुन्।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकहरुको विश्लेषण छ। भन्सार विभागका अनुसार गत साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो ।

अहिले निक्षेप बढिरहे पनि कर्जा विस्तार सोही अनुपातमा वृद्धि देखिएको छैन। बैंकहरूको कर्जा–निक्षेप अनुपात ७८.७८ प्रतिशतमा झरेको छ ।

https://www.nepalipaisa.com/news-detail/72864

Published Date: 26 August 2024


ताजा
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?