बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा थन्क्याए ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा थन्क्याए ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ : Icon Khabar

काठमाडौं, भदौ १० । बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६ अर्ब २५ करोड रुपैयाँ राष्ट्र बैंकमा थन्क्याएका छन्। बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत उक्त रकम राष्ट्र बैंकमा राखेका हुन्।

केन्द्रीय बैंकको तथ्यांक अनुसार १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा प्रयोग गरी केन्द्रीय बैंकमा राखेका छन् भने १ खर्ब ३६ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले खिचेर राखेको छ।

आइतबार मात्रै बैंकहरुले १ खर्ब ६९ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा उपयोग गरेका हुन । केन्द्रीय बैंकले साताको ३ दिन अर्थात् आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रदान गर्छ ।

रेमिटेन्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढिरहेको छ । निक्षेप बढेको भए पनि कर्जा लगानी बढ्न नसक्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिको हो । बैंकहरुमा अधिक तरलता रहेकाले सो व्यवस्थापनका लागि राष्ट्र बैंकमा उक्त रकम थन्काएका हुन्।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र यसमा अपेक्षित वृद्धि नभएकाले पनि कर्जाको माग बढ्न नसकेको बैंकहरुको विश्लेषण छ। भन्सार विभागका अनुसार गत साउनमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ०.६७ प्रतिशतले कम हो ।

अहिले निक्षेप बढिरहे पनि कर्जा विस्तार सोही अनुपातमा वृद्धि देखिएको छैन। बैंकहरूको कर्जा–निक्षेप अनुपात ७८.७८ प्रतिशतमा झरेको छ ।

https://www.nepalipaisa.com/news-detail/72864

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 August 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन