अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन: प्रधानमन्त्री ओली

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन: प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौँ, भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरूपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन । अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस् ।’

Published Date: 26 August 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास