अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन: प्रधानमन्त्री ओली

अहिलेको सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन: प्रधानमन्त्री ओली : Icon Khabar

काठमाडौँ, भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरूपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापी नहुने बताएका छन् ।

सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै हस्तक्षेप नगरी बरु प्रोत्साहन गर्ने भन्दै सरकारले कुनै पनि किसमको शक्तिको दुरुपयोग गर्ने काम नगर्ने बताए ।

उनले भने,‘अहिलेको सरकारले फलानो अपराधी हो, तर नसमाऊ भनेर आदेश दिंदैन । अहिलेको सरकारले कसैलाई फसाऔं भनेर आदेश दिँदैन । ढुक्कले काम गर्नुहोस् । निर्दोष मान्छेलाई फसाउनु राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास हुँदैन । ढुक्कले काम गर्नहोस् । अब प्रहरीलाई प्रोत्साहित पनि गर्छौं । औचित्यको आधारमा सरुवा गरिने छ । सरकारले भात–रोटी खान्छ, घुस खाँदैन पैसा खाँदैन तपाईहरु स्पष्ट हुनुहोस् ।’

Published Date: 26 August 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक