पुरुषमा पनि देखा पर्न सक्छ स्तन क्यान्सर, पहिलो र दोस्रो चरणमा उपचार सम्भव

पुरुषमा पनि देखा पर्न सक्छ स्तन क्यान्सर, पहिलो र दोस्रो चरणमा उपचार सम्भव : Icon Khabar

काठमाडौँ, माघ २२ । सामान्यतया सबैलाई लाग्ने गरेको के हो भने के हो भने स्तन क्यान्सर माहिलामा मात्र हुने गर्दछ। त्यही भएर स्तन क्यान्सरका नयाँ नयाँ औषधिहरूको परीक्षण गर्दा त्यसमा पुरुषहरूलाई सामेल गराइन्न।

तर केही पुरुषहरूमा पनि स्तन क्यान्सरको समस्या देखा पर्न सक्छ। तुलनात्मक रूपमा थोरै मात्र पुरुषहरूमा यस्तो किसिमको क्यान्सर देखा पर्ने गर्दछ। शोधहरूले एक स्तन क्यान्सरका सबै परिघटनाहरूमा एक प्रतिशत मात्र पुरुषहरूमा देखा पर्ने गर्दछ।

तर केही दिन यता भने त्यस्ता औषधिहरूको परीक्षण गर्दा पुरुषहरूलाई समेत सामेल गरिनु पर्ने माग गरिँदै आएको छ। अमेरिकाको खाद्य एवं औषधि प्रशासन (फुड एण्ड ड्राग एड्मिनिस्ट्रेसन- एफडीए) ले अनुसन्धानकर्ताहरूका लागि यससम्बन्धी दिशा निर्देश जारी गरेको छ।

ह्यूस्टन स्थित एमडी एंडरसन क्यान्सर सेन्टरकी अनुसन्धाता डा. शेरन गिआर्डानोले भने, “मलाई यस्ता रोगीहरूलाई हेर्दा निकै निराशा हुने गर्दछ जसलाई कुनै औधधिले उसमाथि कम गर्ला या नगर्ला भन्ने निश्चित नभएको कुरा बताउनु पर्ने हुन्छ।”

उनले थपे, “यस्ता औषधिको परीक्षण महिलाहरूमा मात्र गरिएको छ। यसले पुरुषमाथि काम गर्ने या नगर्ने भन्ने बारे कुनै वैज्ञानिक प्रमाण छैन। यस्ता परीक्षण हरूमा थोफई मात्र पुरुषहरूलाई सामेल गरिए पनि केही मात्रामा भए पनि तथ्यांक जम्मा गर्न सकिएला।” हालसम्मका यस्ता परिघटनाहरूमा पुरुष बिरामी आएको खण्डमा उनीहरू सामान्य देखभाल र जीवनरक्षक औषधिहरूबाट पनि वंचित रहने गरेका छन्।

पाइन्न पर्याप्त उपचार

पुरुषहरूमा स्तन क्यान्सरबारे २०१७ मा एउटा अनुसन्धान प्रकाशित भएको थियो। यसमा क्यानाडा, अमेरिका र युरोपेली देशहरूका एक हजार पाँच सय स्तन क्यान्सर पीडितहरूलाई सामेल गरिएको थियो।
यस अनुसन्धानबाट पुरुषहरूमा देखिने स्तन क्यान्सरमा एन्टी-एस्ट्रोजन उपचार पद्दतिबाट सम्भव थियो तर पनि लगभग एक चौथाई रोगीहरू उपचारबाट वन्चित थिए। अनुसन्धाताहरूका अनुसार दुर्लभ प्रकस्का रोगहरूमा बिरामीलाई भनेजस्तो देखभाल मिल्दैन र स्तन क्यान्सर पनि यस्ता खालको दुर्लभ रोग हो।

जागरूकताको कमी सबैभन्दा ठुलो समस्या

स्तन क्यान्सरमा पुरुषहरूले अन्तिम स्टेजमा गैर मात्र रोगबारे थाहा पाउँछन्। यसको प्रमुख कारण पुरुषहरूमा स्तन क्यान्सर हुनसक्छ भन्ने कुराबारे उनीहरूमा जानकारी नहुनु हो। डा. फातिमा काडरेसोका अनुसार पुरुषहरूमा पनि स्तन क्यान्सर हुनसक्छ भन्नेबारे जागरुकता फैलाउनु आवश्यक छ।

शोधकर्ताहरू भन्छन् पुरुषहरूले पनि समय समयमा स्तन क्यान्सरको जाँच गराउनु आवश्यक छ। चिकित्सक र अनुसन्धाताहरूले एफडीएको निर्देशहरूलाई स्वागतयोग्य बताउँदै यस्ता परीक्षणहरूमा अनिवार्य रूपमा पुरुषहरूलाई समेत सामेल गराउनु पर्ने बताएका छन्।

पहिलो र दोस्रो चरणमा उपचार सम्भव

शरीरको कुनै पनि अंगमा कोशिकाहरूमा हुने अनियन्त्रित वृद्धि क्यान्सरको कारण हुन सक्छ। स्तन क्यान्सरको पहिलो या दोस्रो चरणमा यसबारे पत्ता लागे यसको उपचार सम्भव छ।
तर यसबारेमा पत्ता लाग्ने नलाग्ने भन्ने मानिसको जागरुकतामा भर पर्दछ। यदि सम्बन्धित व्यक्तिमा यसबारे जागरुकता भए यसका मुख्य र सहायक लक्षणहरूको पहिचान गरेर यथोचित उपचार गराउन सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts