होटल एसोसिएसनले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राख्न चीन समक्ष आग्रह

होटल एसोसिएसनले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राख्न चीन समक्ष आग्रह : Icon Khabar

पोखरा, माघ २२ । होटल एसोसिएसन अफ नेपाल (हान) पोखरा शाखाले नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा समावेश गर्न पहल गर्न काठमाडौंस्थित चिनियाँ दूतावासलाई आग्रह गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई पठाएको अनुरोध पत्रमा हानका अध्यक्ष लक्ष्मण सुवेदीले सन् २०२३ मा चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पर्यटन व्यवसायी तयार र आशावादी रहेको बताए । पत्रमा सुवेदीले चीन सरकारको पर्यटकीय गन्तव्य सूचीमा नेपाल नपरेको थाहा पाउँदा हान दुःखी भएको उल्लेख गरेका छन् ।

कोभिड–१९ महामारीको तीन वर्षपछि चीन सरकारले आफ्ना नागरिकका लागि पर्यटकीय गन्तव्यका रूपमा २० देशको नाम सार्वजनिक गरेको छ । दूतावासलाई लेखेको पत्रमा हानले चिनियाँ पक्षलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र नेपाललाई पर्यटकीय गन्तव्य मुलुकको सूचीमा समावेश गर्न आग्रह गरेको छ ।

संघको पत्रमा चिनियाँ राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित