होटल एसोसिएसनले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राख्न चीन समक्ष आग्रह

होटल एसोसिएसनले नेपाललाई पर्यटकीय गन्तव्यको सूचीमा राख्न चीन समक्ष आग्रह : Icon Khabar

पोखरा, माघ २२ । होटल एसोसिएसन अफ नेपाल (हान) पोखरा शाखाले नेपाललाई पर्यटकीय गन्तव्य सूचीमा समावेश गर्न पहल गर्न काठमाडौंस्थित चिनियाँ दूतावासलाई आग्रह गरेको छ ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङलाई पठाएको अनुरोध पत्रमा हानका अध्यक्ष लक्ष्मण सुवेदीले सन् २०२३ मा चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पर्यटन व्यवसायी तयार र आशावादी रहेको बताए । पत्रमा सुवेदीले चीन सरकारको पर्यटकीय गन्तव्य सूचीमा नेपाल नपरेको थाहा पाउँदा हान दुःखी भएको उल्लेख गरेका छन् ।

कोभिड–१९ महामारीको तीन वर्षपछि चीन सरकारले आफ्ना नागरिकका लागि पर्यटकीय गन्तव्यका रूपमा २० देशको नाम सार्वजनिक गरेको छ । दूतावासलाई लेखेको पत्रमा हानले चिनियाँ पक्षलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न र नेपाललाई पर्यटकीय गन्तव्य मुलुकको सूचीमा समावेश गर्न आग्रह गरेको छ ।

संघको पत्रमा चिनियाँ राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सुवेदीले बताए ।

Published Date: 05 February 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न