रवि लामिछानेलाई प्रधानमन्त्री दाहालले भने, “अब म कुनै मन्त्रालय दिन सक्दिन !”

रवि लामिछानेलाई प्रधानमन्त्री दाहालले भने, “अब म कुनै मन्त्रालय दिन सक्दिन !” : Icon Khabar

काठमाडौं, माघ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज (आइतबार) बिहान बालुवाटार गएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निराश भएर फर्किएका छन् ।

बालुवाटार नजिकको स्रोतका अनुसार प्रधानमन्त्री दाहालले गृह मन्त्रालय पाउनु पर्ने अडान राखेका लामिछानेलाई अहिले मन्त्री बनाउन नसकिने बताए । प्रधानमन्त्री दाहालले नागरिकताको विषय टुंगो लागे पनि राहदानी विवादका कारण लामिछानेलाई मन्त्री बनाउन नसक्ने बताएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले लामिछानेलाई अब कुनै मन्त्रालय दिन नसक्ने बताएपछि प्रचण्ड आक्रोशित हुँदै बालुवाटार छाडे ।

Published Date: 05 February 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग