सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, माघ २२ । सुनको मूल्य शुक्रबारको तुलनामा तोलामा दुई हजार रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज मानक सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँ रहेको छ । शुक्रबार मानक सुन प्रतितोला १ लाख ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबारको भाउको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३२० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts