रास्वपाको बैठक अहिले बिहान ११ बजे पुन: बस्ने

रास्वपाको बैठक अहिले बिहान ११ बजे पुन: बस्ने : Icon Khabar

काठमाडौं, माघ २२ । नागरिकतासम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई सांसद तथा मन्त्री पदबाट वञ्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अहिले अप्ठ्यारो अवस्थामा छन् ।

पछिल्लो समय आफ्नो हातमा रहेको गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ । हिजो राति राप्रपाको बैठक पनि बसेको थियो । तर बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्ने भएको छ । राप्रपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने र बैठक लम्बिएमा संसद बैठकमा नजाइकन छलफल गरिने बताए ।

राप्रपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार आजको बैठकले सरकारमा बस्ने कि नमान्ने भन्ने निर्णय गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीको गृह मन्त्रालयको मागबारे निर्णय गर्न दुई दिनको अल्टिमेटम दिएको छ । अल्टिमेटमको म्याद हिजो मध्यरात सकिएको छ ।

Published Date: 05 February 2023
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय