रास्वपाको बैठक अहिले बिहान ११ बजे पुन: बस्ने

रास्वपाको बैठक अहिले बिहान ११ बजे पुन: बस्ने : Icon Khabar

काठमाडौं, माघ २२ । नागरिकतासम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई सांसद तथा मन्त्री पदबाट वञ्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अहिले अप्ठ्यारो अवस्थामा छन् ।

पछिल्लो समय आफ्नो हातमा रहेको गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिँदै राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टी कार्यालयमा बस्नेछ । हिजो राति राप्रपाको बैठक पनि बसेको थियो । तर बैठक निष्कर्षविहीन भएपछि आज फेरि बैठक बस्ने भएको छ । राप्रपाका नेताहरुले आजको बैठक लम्बिन सक्ने र बैठक लम्बिएमा संसद बैठकमा नजाइकन छलफल गरिने बताए ।

राप्रपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार आजको बैठकले सरकारमा बस्ने कि नमान्ने भन्ने निर्णय गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीको बिहीबार बसेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टीको गृह मन्त्रालयको मागबारे निर्णय गर्न दुई दिनको अल्टिमेटम दिएको छ । अल्टिमेटमको म्याद हिजो मध्यरात सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts