आन्तरिक उत्पादन करिब २० प्रतिशतले घटेपछि प्राधिकरणलाई विद्युत् वितरण व्यवस्थापन गर्न समस्या

आन्तरिक उत्पादन करिब २० प्रतिशतले घटेपछि प्राधिकरणलाई विद्युत् वितरण व्यवस्थापन गर्न समस्या : Icon Khabar

काठमाडौं, माघ २२। नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि देशका अधिकांश भूभागमा सुख्खा मौसमका कारण नदीमा पानीको बहावमा भारी गिरावट आएका कारण विद्युत् उत्पादनमा उल्लेख्य कमी आएको जनाएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले खोलामा पानीको बहाव घटेपछि आन्तरिक उत्पादनमा भारी गिरावट आएको बताए । उहाँले हिउँदमा सामान्य दिनको तुलनामा प्राधिकरणको विद्युत उत्पादन एक तिहाइमा झरेको बताए।

घिसिङका अनुसार सरकारी स्वामित्वमा रहेको विद्युत प्राधिकरणले गत वर्ष हिउँदमा आफ्ना सञ्चालित विद्युत केन्द्रबाट दैनिक ६ सय मेगावाट विद्युत उत्पादन गर्ने गरेको थियो, जुन अहिले २ सय मेगावाटमा झरेको छ ।

‘कुल उत्पादन (निजी क्षेत्रको उत्पादन समेत) औसतमा २० प्रतिशतले घटेको छ,’ घिसिङले यस वर्ष सुख्खायाममा विद्युत उत्पादन विगत एक दशकयताकै सबैभन्दा कम भएको दाबी समेत गरे ।

वर्षा नहुँदा ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको वास्तविक उत्पादनमा समेत कमी आएको छ । गत वर्ष यस वर्षको ११० मेगावाट उत्पादनको तुलनामा अहिले विद्युत उत्पादन ७५ मेगावाट मात्रै छ ।

नेपालमा स्थापित अधिकांश जलविद्युत आयोजना रन अफ रिभर प्रकारका छन् । मुलुकको कुल विद्युत उत्पादन क्षमता २ हजार २ सय मेगावाट पुगेको भए पनि अहिले उत्पादन क्षमताको ३५ प्रतिशत मात्रै रहेको छ ।

बिहीबार साँझ प्राधिकरणले एक हजार ६३४ मेगावाटको उच्चतम माग रेकर्ड गरेको थियो । न्यून उत्पादन भएकाले माग बढेको भन्दै प्राधिकरणले विद्युत वितरणमा राशन दिन थालेको हो । प्राधिकरणले बिहान र साँझको समयमा बढी माग भएका उद्योगलाई आपूर्तिमा कटौती गरेको घिसिङले बताए ।

माग र आपूर्तिबीचको खाडल बढेसँगै भारतबाट विद्युत् आयात पनि उल्लेख्य मात्रामा बढेको छ । प्राधिकरणका अनुसार दैनिक तीन करोड युनिट विद्युत् मागमध्ये करिब एक करोड युनिट विद्युत् भारतबाट आयात हुँदै आएको छ ।

Published Date: 05 February 2023


ताजा
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
ट्रेलम्यापरले गर्‍यो ‘स्ट्रक्चर्ड डेटा’ सम्बन्धी प्यानल छलफल, सुरक्षित र स्मार्ट पर्यटनमा जोड
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु