श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौडेलले गरे शिष्टाचार भेट

श्रीलंकाका प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री पौडेलले गरे शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, माघ २२ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्देनासँग शिष्टाचार भेट गरेकी छिन्।

श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसमा सहभागी हुन श्रीलंकामा रहेका परराष्ट्रमन्त्री पौडेलले शुक्रबार श्रीलंकाका प्रधानमन्त्री गुणवर्द्धनासँग भेटवार्ता गरेकी हुन्। सो अवसरमा उनीहरुबीच दुई देशबीचको आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलंकाका प्रधानमन्त्रीले नेपाल र श्रीलंका लामो समयदेखिको मित्रता रहेको बताउँदै आपसी सहयोगका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि परराष्ट्रमन्त्री पौडेलले आफ्ना श्रीलंकाली समकक्षी मुम अली साब्रीसँग भेट गरेका थिए। स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार आयोजित विशेष सांस्कृतिक कार्यक्रममा मन्त्री पौडेल सहभागी भएकी थिइन्।

उनी शनिबार बिहान श्रीलंकाको स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएको राष्ट्रिय झण्डा फहराउने र परेड समारोहमा सहभागी भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2023
Website | + posts