किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहालको निर्देशन

किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहालको निर्देशन : Icon Khabar

काठमाडौं, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित मूल्य नपाएको भन्दै हजारौं टन तरकारी सडकमा फ्याँक्ने आन्दोलनरत किसानको समस्यालाई उचित सम्बोधन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री दाहालले किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

तरकारी तथा अन्य कृषि उपजको उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फालेपछि प्रधानमन्त्री दाहालले माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालले चितवनमा रहेका मन्त्री साहलाई सरोकारवाला किसानसँग छलफल गरी यसबारे जानकारी दिन पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री शाहले सम्बन्धित किसानसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीसँग अनुरोध गर्ने बताइन् ।

कृषिमन्त्री सरोकारवाला किसानसँगको छलफल सकेर फर्केपछि प्रधानमन्त्रीले मन्त्री, सचिव र अन्य सरकारी अधिकारीलाई थप छलफलका लागि बोलाउने तयारी पनि गरेका छन् ।

Published Date: 04 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?