किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहालको निर्देशन

किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न प्रधानमन्त्री दाहालको निर्देशन : Icon Khabar

काठमाडौं, माघ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित मूल्य नपाएको भन्दै हजारौं टन तरकारी सडकमा फ्याँक्ने आन्दोलनरत किसानको समस्यालाई उचित सम्बोधन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री दाहालले किसानका माग सम्बोधन गर्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

तरकारी तथा अन्य कृषि उपजको उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फालेपछि प्रधानमन्त्री दाहालले माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री दाहालले चितवनमा रहेका मन्त्री साहलाई सरोकारवाला किसानसँग छलफल गरी यसबारे जानकारी दिन पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री शाहले सम्बन्धित किसानसँग छलफल गरी समस्या समाधानका लागि आवश्यक पहल गर्ने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीसँग अनुरोध गर्ने बताइन् ।

कृषिमन्त्री सरोकारवाला किसानसँगको छलफल सकेर फर्केपछि प्रधानमन्त्रीले मन्त्री, सचिव र अन्य सरकारी अधिकारीलाई थप छलफलका लागि बोलाउने तयारी पनि गरेका छन् ।

Published Date: 04 February 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न