मन्त्री किराँतीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुधारप्रति असन्तुष्टि व्यक्त

मन्त्री किराँतीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुधारप्रति असन्तुष्टि व्यक्त : Icon Khabar

काठमाडौं, माघ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सन्तोषजनक नभएको बताउनुभएको छ ।

आज बिहान विमानस्थलको अनुगमन गर्न आएका मन्त्री किराँतीले असन्तुष्टि जनाएका छन् । तुलनात्मक रुपमा विमानस्थलको सुधार भइरहेको भए पनि सन्तोषजनक रुपमा सुधार हुन नसकेको उनले बताए ।

किराँतीले सुधार कार्यक्रमलाई निरन्तरता दिन अधिकारीहरुलाई निर्देशन दिए । यसअघिको अनुगमनमा भएका निर्देशनको सन्तोषजनक कार्यान्वयन हुन नसकेको उनले बताए ।

मन्त्री किराँतीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दा मन्त्री किराँतीले शौचालय सफा राख्न र आगमन र प्रस्थान हललाई व्यवस्थित र सुरक्षित बनाउन निर्देशन दिएका थिए ।

Published Date: 04 February 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु