मन्त्री किराँतीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुधारप्रति असन्तुष्टि व्यक्त

मन्त्री किराँतीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुधारप्रति असन्तुष्टि व्यक्त : Icon Khabar

काठमाडौं, माघ २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार सन्तोषजनक नभएको बताउनुभएको छ ।

आज बिहान विमानस्थलको अनुगमन गर्न आएका मन्त्री किराँतीले असन्तुष्टि जनाएका छन् । तुलनात्मक रुपमा विमानस्थलको सुधार भइरहेको भए पनि सन्तोषजनक रुपमा सुधार हुन नसकेको उनले बताए ।

किराँतीले सुधार कार्यक्रमलाई निरन्तरता दिन अधिकारीहरुलाई निर्देशन दिए । यसअघिको अनुगमनमा भएका निर्देशनको सन्तोषजनक कार्यान्वयन हुन नसकेको उनले बताए ।

मन्त्री किराँतीले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । गत माघको पहिलो साता विमानस्थलको अनुगमन गर्दा मन्त्री किराँतीले शौचालय सफा राख्न र आगमन र प्रस्थान हललाई व्यवस्थित र सुरक्षित बनाउन निर्देशन दिएका थिए ।

Published Date: 04 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?