हैजा: तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ

हैजा: तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ : Icon Khabar

काठमाडौँ, साउन ९ । मंगलबार काठमाडौँमा एक व्यक्तिमा हैजा पुष्टि भए संगै सतर्क रहन आग्रह गरेको छ।

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणले हुन्छ । जुन संक्रमित मानिसको दिसामा हुन्छ । त्यो जिवाणु हाम्रा खानेकुरा (पानी, तरकारी)को माध्यमले आन्द्रामा पुग्ने गर्छ । त्यो बाहेक अन्य किसिमबाट हैजाको संक्रमण भने हुँदैन । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु र मांसपेशी (विशेषगरी खुट्टा) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

हैजाको मुख्य लक्षण पातलो दिसा आउनु हो । हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ । उनीहरूको दिसा अधिक पातलो हुन्छ ।

त्यस्ता मानिसको शरीरबाट चौलानीजस्तो तरल पदार्थ निरन्तर बगिरहन्छ । सँगसँगै बान्ता हुन्छ र ज्वरो पनि आउँछ । शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले तौल नै घट्न जान्छ ।

शरीरमा पानी र नुनको मात्रा कम हुने हुँदा बिरामीहरूमा अधिक थकान र बेचैनी बढ्छ । जसका कारण मिर्गौलामा समस्या र रक्तचाप बढ्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार नभए पानीको मात्रा कम भएर वा मिर्गौलाले काम नगरेर बिरामीको मृत्यु पनि हुन सक्छ । तर हैजाको संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

Published Date: 24 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक