हैजा: तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ

हैजा: तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ : Icon Khabar

काठमाडौँ, साउन ९ । मंगलबार काठमाडौँमा एक व्यक्तिमा हैजा पुष्टि भए संगै सतर्क रहन आग्रह गरेको छ।

हैजा कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणको कारणले हुन्छ । जुन संक्रमित मानिसको दिसामा हुन्छ । त्यो जिवाणु हाम्रा खानेकुरा (पानी, तरकारी)को माध्यमले आन्द्रामा पुग्ने गर्छ । त्यो बाहेक अन्य किसिमबाट हैजाको संक्रमण भने हुँदैन । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार १० मध्ये एक संक्रमितमा हैजाले कडा रुप लिन्छ । तुरुन्त उपचार नपाए बिरामीको केही घण्टामा मृत्यु समेत हुनसक्छ ।

संक्रमण भएको केही घण्टादेखि पाँच दिनसम्ममा हैजाको लक्षण देखिन सक्छ । चौलानी (चामलको माड जस्तो) पखाला लाग्नु, बान्ता हुनु, ज्वरो आउनु र मांसपेशी (विशेषगरी खुट्टा) बौडिनु हैजाका मुख्य लक्षण हुन् ।

हैजाको मुख्य लक्षण पातलो दिसा आउनु हो । हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ । उनीहरूको दिसा अधिक पातलो हुन्छ ।

त्यस्ता मानिसको शरीरबाट चौलानीजस्तो तरल पदार्थ निरन्तर बगिरहन्छ । सँगसँगै बान्ता हुन्छ र ज्वरो पनि आउँछ । शरीरबाट अधिक तरल पदार्थ खेर जाने भएकाले तौल नै घट्न जान्छ ।

शरीरमा पानी र नुनको मात्रा कम हुने हुँदा बिरामीहरूमा अधिक थकान र बेचैनी बढ्छ । जसका कारण मिर्गौलामा समस्या र रक्तचाप बढ्छ । यस्तो अवस्थामा तुरुन्तै उपचार नभए पानीको मात्रा कम भएर वा मिर्गौलाले काम नगरेर बिरामीको मृत्यु पनि हुन सक्छ । तर हैजाको संक्रमण भएका अधिकांश मानिसमा साधारण लक्षणमात्र देखिन्छ र केही दिनभित्रै निको हुन्छ ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि संक्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ । ती व्यक्तिले सरसफाइमा ध्यान नदिए अन्य व्यक्तिमा सजिलै सर्छ ।

Published Date: 24 July 2024








ताजा
लगातार तेस्रो दिन नेप्सेमा गिरावट, परिसूचक २८०० मुनि झर्‍यो
काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुग्यो
आज तःदिनका अवसरमा भक्तपुरवासी दुगु पूजा मनाउन व्यस्त
सरकारी विज्ञापन सम्बन्धी निर्णयविरुद्ध भक्तपुरका पत्रकारको आपत्ति, प्रधानमन्त्रीलाई ज्ञापनपत्र








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा