बुधबार सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ९ । बुधबार सुनको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ हजार १०० रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । यसैगरी, यो दिन चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २६ हजार ३७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २५ हजार ७७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५४७ रुपैयाँ ५० पैसा तोकेको छ ।

Published Date: 24 July 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय