प्रतिनिधिसभाका सदस्यका लागि आज पनि अभिमुखीकरण तालिम जारी हुने

प्रतिनिधिसभाका सदस्यका लागि आज पनि अभिमुखीकरण तालिम जारी हुने : Icon Khabar

काठमाडौं, माघ २० । प्रतिनिधिसभाका सदस्यलाई आज पनि अभिमुखीकरण तालिम दिइँदैछ । नवनिर्वाचित सांसदहरूलाई समिति र संसद बैठकमा उपस्थित हुन आवश्यक पर्ने मर्यादाबारे जानकारी गराउन बिहीबारदेखि सुरु भएको दुईदिने अभिमुखीकरण आज पनि जारी रहन्छ।

नयाँ सांसदका लागि पुराना सांसदबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्वअध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले आज सम्बोधन गर्ने कार्यक्रम छ ।

Published Date: 03 February 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली