“ह्यारी कि प्यारी” आजदेखि देशव्यापी प्रदर्शनमा

“ह्यारी कि प्यारी” आजदेखि देशव्यापी प्रदर्शनमा : Icon Khabar

काठमाडौं, माघ २० । आजदेखि नयाँ नेपाली चलचित्र ह्यारी कि प्यारी प्रदर्शनमा आएको छ ।

डा.भोलि रिजालद्वारा निर्माण गरेको यो चलचित्रको निर्देशन उनका दन्त चिकित्सक छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । झण्डै दुई दशकपछि डा.भोला रिजालले यही चलचित्रमार्फत निर्माताको रुपमा पुनरागमन गरेका छन् । डा.कपिल रिजालले यही चलचित्रबाट फिल्म निर्देशनमा डेब्यु गरेका हुन् ।

फिल्ममा हास्य अभिनेता जीतु नेपाल मुख्य अभिनेताको रुपमा प्रस्तुत भएका छन् । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिएकी छिन् ।

फिल्म प्रदर्शनमा आउनु केही दिनअघि काठमाडौं गरिएको प्रीमियर शोमा यो फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । यो फिल्ममा अभिनेत्री रेखा थापालाई एउटा आइटम गीतमा प्रस्तुत गरिएको छ ।

यो फिल्ममा डा. भोला रिजालका शब्द रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जलि जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी छ । देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रलाई नेपालको  क्यूएफएक्सले झण्डै दुई दर्जन शो दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने