“ह्यारी कि प्यारी” आजदेखि देशव्यापी प्रदर्शनमा

“ह्यारी कि प्यारी” आजदेखि देशव्यापी प्रदर्शनमा : Icon Khabar

काठमाडौं, माघ २० । आजदेखि नयाँ नेपाली चलचित्र ह्यारी कि प्यारी प्रदर्शनमा आएको छ ।

डा.भोलि रिजालद्वारा निर्माण गरेको यो चलचित्रको निर्देशन उनका दन्त चिकित्सक छोरा डा.कपिल रिजालले निर्देशन गरेका हुन् । झण्डै दुई दशकपछि डा.भोला रिजालले यही चलचित्रमार्फत निर्माताको रुपमा पुनरागमन गरेका छन् । डा.कपिल रिजालले यही चलचित्रबाट फिल्म निर्देशनमा डेब्यु गरेका हुन् ।

फिल्ममा हास्य अभिनेता जीतु नेपाल मुख्य अभिनेताको रुपमा प्रस्तुत भएका छन् । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिएकी छिन् ।

फिल्म प्रदर्शनमा आउनु केही दिनअघि काठमाडौं गरिएको प्रीमियर शोमा यो फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । यो फिल्ममा अभिनेत्री रेखा थापालाई एउटा आइटम गीतमा प्रस्तुत गरिएको छ ।

यो फिल्ममा डा. भोला रिजालका शब्द रचना, शिखर सन्तोष र युग भुसालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जलि जोशीको गायन तथा कविराज गहतराजको कोरियाग्राफी छ । देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रलाई नेपालको  क्यूएफएक्सले झण्डै दुई दर्जन शो दिएको छ ।

Published Date: 03 February 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली