चर्को आलोचनापछि जसितासँग साम्राज्ञी र स्वस्तिमाले मागे माफि, कार्यक्रम भने हटेन

चर्को आलोचनापछि जसितासँग साम्राज्ञी र स्वस्तिमाले मागे माफि, कार्यक्रम भने हटेन : Icon Khabar

काठमाडौं, असार १२ । नायिका जसिता गुरुङले आपत्ति जनाएपछि नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । जसिताले सामाजिक संजालमा आपत्ति जनाएपछि नायिका स्वस्तिमा खड्काले प्रतिक्रिया दिँदै लेखेकी छिन्–‘मैले तिमीलाई चित्त दुखाएकोमा माफी चाहन्छु । यो एउटा रमाइलो खेल थियो र अचानक आयो । तिमी मेरो लागि सधैं नै एउटा राम्रो साथी हौं । मैले तिमीलाई जोडेकोमा माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले लेखेकी छिन्–‘हामीलाई प्रश्नहरूको द्रुत राउन्डमा एउटा स्थितिमा राखिएको थियो । हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ । तर, कुनै पनि तरिकाले हामीले तिमीलाई धम्क्याउने कोशिश पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’

साम्राज्ञी र स्वस्तिमाले जसितासँग मात्र माफी मागेका छन् । तर, उनीहरुले अन्य कलाकारहरूको व्यक्तिगत जीवनको बारेमा पनि अनावश्यक कुरा गरेका छन् । नायक अनमोल केसीले पनि आफूलाई अनावश्यक बिषयमा तानेको भन्दै आपत्ति जनाइसकेका छन् । तर, अनमोलसँग यी दुईले अझै माफी मागेका छैनन् ।

यस्तै, कार्यक्रम संचालिक ओसिन सिटौलाले पनि यो बिषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । कान्तिपुर टेलिभिजनमा अझै पनि यो कार्यक्रम यथावत् नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2024
Website | + posts
ताजा
जनप्रेमी वर्ल्ड स्कुलमा ‘फ्रेसर्स सोसल तथा जे डब्लुएस आइकन–२०८२’ भव्य रूपमा सम्पन्न
बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव
त्रिविको दिक्षान्त समारोहमा जापानी प्राद्यापक ताकाआकी काजिता प्रमुख अतिथि हुने
आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न