चर्को आलोचनापछि जसितासँग साम्राज्ञी र स्वस्तिमाले मागे माफि, कार्यक्रम भने हटेन

चर्को आलोचनापछि जसितासँग साम्राज्ञी र स्वस्तिमाले मागे माफि, कार्यक्रम भने हटेन : Icon Khabar

काठमाडौं, असार १२ । नायिका जसिता गुरुङले आपत्ति जनाएपछि नायिकाद्धय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले माफी मागेका छन् । जसिताले सामाजिक संजालमा आपत्ति जनाएपछि नायिका स्वस्तिमा खड्काले प्रतिक्रिया दिँदै लेखेकी छिन्–‘मैले तिमीलाई चित्त दुखाएकोमा माफी चाहन्छु । यो एउटा रमाइलो खेल थियो र अचानक आयो । तिमी मेरो लागि सधैं नै एउटा राम्रो साथी हौं । मैले तिमीलाई जोडेकोमा माफी चाहन्छु ।’

यस्तै, साम्राज्ञीले कुनै महिलालाई मात्र नभई कसैलाई पनि नीच देखाउने बारेमा नसोच्ने भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले लेखेकी छिन्–‘हामीलाई प्रश्नहरूको द्रुत राउन्डमा एउटा स्थितिमा राखिएको थियो । हामीले, यसको नतिजा के हुन्छ भनेर सोचेनौँ । तर, कुनै पनि तरिकाले हामीले तिमीलाई धम्क्याउने कोशिश पनि गरेका थिएनौँ । तिम्रो भावनामा चोट पुर्याएकोमा माफी माग्न चाहन्छु ।’

साम्राज्ञी र स्वस्तिमाले जसितासँग मात्र माफी मागेका छन् । तर, उनीहरुले अन्य कलाकारहरूको व्यक्तिगत जीवनको बारेमा पनि अनावश्यक कुरा गरेका छन् । नायक अनमोल केसीले पनि आफूलाई अनावश्यक बिषयमा तानेको भन्दै आपत्ति जनाइसकेका छन् । तर, अनमोलसँग यी दुईले अझै माफी मागेका छैनन् ।

यस्तै, कार्यक्रम संचालिक ओसिन सिटौलाले पनि यो बिषयमा अहिलेसम्म केही पनि बोलेकी छैनन् । कान्तिपुर टेलिभिजनमा अझै पनि यो कार्यक्रम यथावत् नै छ ।

Published Date: 26 June 2024


ताजा
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड