जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने

जुडोकी मनिताले पेरिस ओलम्पिक खेल्ने : Icon Khabar

काठमाडौं, असार १२ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक–२०२४ खेल्ने भएकी छन् । मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । मनिता १२ औं दक्षिण एशियाली खेलकुद (साग) की रजत विजेता विजेता खेलाडी हुन् । उनले ५७ किलोमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् ।

योसँगै यस पटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या सात७ पुगेको छ । टेबल टेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकका लागि छनोट भएका थिए । यसअघि सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको थियो । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाइल्ड कार्डमार्फत सहभागी गराइन्छ ।

पौडीकी डुवाना डुवाना लामा र एलेक्सजेन्डर शाह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ब्यामिन्टनका प्रिन्स दाहाल युनिभिर्सियालिटी कोटाबाट ओलम्पिक खेल्न लागेका हुन् । ओलम्पिकमा एथलेटिक्स र पौडीमा युनिभर्सियालिटी कोटा हुन्छ ।

काठमाडौं गत महिना भएको दक्षिण एसियाली छनोट चरण पार गर्दै स्यान्टु ओलम्पिकमा छनोट भएका हुन् । छनोट भएर ओलम्पिक खेल्ने स्यान्टु तेस्रो नेपाली खेलाडी हुन् । यसअघि तेक्वान्दोकी संगीना वैद्यले सन् २००४ को एथेन्स ओलम्पिक र तेक्वान्दोकै दिपक विष्टले २००८ को बेजिङ ओलम्पिकमा छनोट पार गरेर भाग लिएका थिए । पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।

Published Date: 26 June 2024


ताजा
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
दशैंको अवसरमा ब्रह्मायणी मन्दिरमा ‘मिस्टर एन्ड मिस मोडर्न २०८३’ का प्रतियोगीहरूको सरसफाइ अभियान
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड