आजै पेट्रोल पम्प खुल्ने, सरकार र आन्दोलनरत ट्यांकर व्यवसायीहरुबीच सहमति

आजै पेट्रोल पम्प खुल्ने, सरकार र आन्दोलनरत ट्यांकर व्यवसायीहरुबीच सहमति : Icon Khabar

काठमाडौं, असार ३ । सरकार र आन्दोलनरत ट्यांकर व्यवसायीहरुबीच सहमति भएको छ ।

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा १५ दिन भित्र व्यवसायीहरुका माग सम्बोधन गर्ने र अध्ययन गर्न समिति बनाउने भएसँगै ट्यांकर व्यवसायीहरु पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् । योसँगै अब पेट्रोल पम्पहरु खुल्ने भएका छन् ।

यसअघि ट्यांकर व्यवसायीहरुका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको थियो ।

थानकोटबाट आउने ट्यांकर व्यवसायीहरुले रोकेसँगै उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको हो । जसले गर्दा काठमाडौंका अधिकांश पेट्रोल पम्पहरु बन्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
Published Date: 17 June 2024
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट