चीनको हेनान प्रान्तमा ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु

चीनको हेनान प्रान्तमा ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु : Icon Khabar

झेङ्झोउ, असार ३ । मध्य चीनको हेनान प्रान्तमा आइतबार बिहान एउटा रेफ्रिजेरेटेड ट्रकमा निसास्सिएर आठ जनाको मृत्यु भएको स्थानीय अनुसन्धान टोलीले जनाएको छ। ती आठ जना नियमविपरीत गाडीको ‘इन्सुलेटेड कम्पार्टमेन्ट’मा बसेका थिए।

आइतबार राति १० बजेतिर गाडी ग्यास स्टेसनमा आइपुग्दा उनीहरु अचेत अवस्थामा भेटिएका थिए। बेहोस अवस्थामा भेटिएका उनीहरूको उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको थियो तर उनीहरू सबै येक्सियान काउन्टीको होङझुआङयाङ शहरमा शनिबार बिहान ३ बजेसम्ममा सबैजना मृत घोषित भएका थिए।

यस घटनासँग सम्लग्न सवारी चालक र सम्बन्धित जिम्मेवार कर्मचारीहरूलाई हिरासतमा लिई अनुसन्धान सुरू गरिएको छ। – रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2024
Website | + posts