मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव

मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव : Icon Khabar

काठमाडौँ, असार ३ । सांसदहरूले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रिय सभामा विचाराधीन मिडिया काउन्सिल सम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसाल, माओवादी केन्द्रका गोपीबहादुर अछामीसहित १३ जना सांसदले मिडिया काउन्सिलको नाम नेपालीमा ‘सञ्चार परिषद्’ राख्ने प्रस्ताव गरेका हुन् ।

‘मिडिया काउन्सिल ऐन २०८०’ भन्ने शब्दहरूको सट्टा ‘सञ्चार परिषद् ऐन २०८१’ भन्ने शब्दहरू राख्ने’ सांसदहरूको संशोधन प्रस्ताव छ ।

यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले १२ वैशाख २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेकी थिइन् । प्रस्तावित विधेयकमा सांसदहरूका ७८ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।

Published Date: 17 June 2024


ताजा
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
उर्वरभूमि कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा सम्पन्न
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
देशका थोरै स्थानमा वर्षा र उच्च भूभागमा हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै