फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने: प्रधानमन्त्री

फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने: प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, माघ १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नलिने बताएका छन्। प्रधानमन्त्री दाहालले सकेसम्म अहिलेको गठबन्धन नटुटोस् भन्ने हिसाबबाट अघि बढेको बताए।

सञ्चारकर्मीको गृहमन्त्री सम्बन्धको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, “हामी सल्लाह गर्दैछौं। सर्वोच्चको पूर्णपाठ कुर्नुपर्ने धेरैले सुझाव दिनुभएको छ। सकेसम्म सहकार्य नटुटोस् भन्ने छ।”

पार्टीको पदाधिकारी बैठकमा रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालयबारे निर्णय नलिन सुझाव आएको समेत प्रचण्डले बताए ।

‘अदालतको पूर्णपाठ नआएसम्म आफैंसँग राख्न सुझाव धेरैको छ,’ उनले भने, ‘हामी सल्लाहमै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न