स्रोत नखुलेको साढे ४ लाख रुपैयाँ सहित एक पक्राउ

स्रोत नखुलेको साढे ४ लाख रुपैयाँ सहित एक पक्राउ : Icon Khabar

महोत्तरी, माघ १७ । स्रोत नखुलेको साढे ४ लाख रुपैयाँ सहित महोत्तरीबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सितामढी बेलाथाना, सिरसिया गाउँ बस्ने ३० वर्षीय अनिकेत साह छन् ।

मनराशिस्वा नगरपालिका–२ कट्टिगाउँस्थित सडकबाट स्रोत नखुलेको नेपाली ४ लाख ५० हजार रुपैयाँ सहित साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ३० भि १७३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Published Date: 31 January 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न